नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ४३औ राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न

– भोइस अफ नेपाल, बेल्जियम प्रतिनिधी ।

नेपाली जनसम्पर्क समिति बेल्जियमले ४३औ राष्ट्रिय मेलमिलाप दिवसमा एक कार्यक्रम सम्पन्न गरी मनाएको छ। कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापती सुबास गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रम गैर आबासिय नेपाली संघ केन्द्रिय सचिब जानकी गुरुङको प्रमुख आतिथ्यता तथा नेपाली जनसम्पर्क समन्वय समिति युरोप का महामन्त्री तथा जनसम्पर्क समिति बेल्जियमका पुर्ब सभापति गंगाधर गौतम को बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएन बेल्जियमका प्रथम उपाध्यक्ष गोबिन्द सिंह अधिकारी,नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष बाबुराजा लामा,एनआरएन आइसीसी सदस्य पदम गुरुङ,इना बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी,प्रवासी नेपाली एकता समाजका अध्यक्ष दिपेन्द्र केशी,तमु समाजका अध्यक्ष जिबन गुरुङ,विश्व मगर संघका अध्यक्ष लोक राना मगर,गुल्मी समाजका अध्यक्ष कुल बहादुर कार्की,सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष चोक राज गुरुङ, गोर्खा समाजका अध्यक्ष राम घले, सेर्पा समाजका अध्यक्ष सोनाम सेर्पा,तामाङ्ग समाजका प्रतिनिधि शान्ता गोले,ब्याबशायी संघका बरिष्ठ उपाध्यक्ष चिरन खवास,चितवन सहायता कोषका रफी शाह,थारु समाजका इश्वरी प्रशाद चौधरी,क्षेत्री समाजका जयराम प्रताप केशी, बाग्लुङ्ग समाजका पुर्ब उपाध्यक्ष आकास थापा मगर, लुम्बिनी कपिलवस्तु अभियान बेल्जियमका महासचिव नन्द राज घले, चितवन सहायता कोष बेल्जियमका महासचिव इश्वरी प्रसाद कंडेल लगायत बेल्जियममा भएका अधिकांश संघ संस्थाका नेतृत्वहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा जनसम्पर्क समिति बेल्जियम का उपाध्यक्ष यसोदा थापाले उपस्थित सबैलाई सस्थाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो राष्ट्रिय मेलमिलाप दिबसको महत्त्वबारे पत्रकार महासंघ युरोपका बरिस्ठ उपाध्यक्ष डिल्ली अम्माई, गोबिन्द सिंह अधिकारी,बाबुराजा लामा,दिपेन्द्र के.सी,जानकी गुरुङ लगायतले बि.पी.को मेलमिलाप नितीबारे आ – आफ्नो धारणा राख्नु भएको थियो।

बक्ताहरुले राष्ट्रिय मेलमिलाप दिवसको तात्कालिक सन्दर्भ सहित आजको आवश्यकता र सान्दर्भिकताको बारेमा आफ्ना तार्किक भनाईहरु राखेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस युरोपका नेता गंगाधर गौतमले मेलमिलाप दिवासको सान्दर्भिकता बेल्जियमको कांग्रेस बेल्जियमभित्रको बिद्रोहसंग सम्बन्धित नभई नेपालको संबेदनशील राष्ट्रियता, सार्बभौमिकतासंग रहेको बताए। बेल्जियम जनसम्पर्क समिती नफुटेको भन्दै पुरानो समितिका सभापतिको पार्टी र सस्थाको बिधान बिपरित गरेका गतिविधिका कारण समितिबाटै समानान्तर समिति गठन गरी सभापतिलाई कारवाही गरेको स्मरण गराउदै समयको आवस्यकताले यसको सान्दर्भिकता पुष्टि गर्दै जाने उनले बताए।

सामाजिक अराजकता, निरंकुशता र नेतृत्वको अहंकारभित्र एकताको आवाज मलिनो हुने बताउदै उनले केन्द्रको निर्णयले सबै कुराको फैसला गर्ने र केन्द्रिय निर्देशन नहुन्जेल सम्म यहि नयाँ गठित समिति लाई साथ दिन सबैलाई आग्रह समेत गरे। नेपाली कांग्रेसको केन्द्रिय निर्देशन र जनसम्पर्क समिति बेल्जियम को बिधान अनुसार आगामी १० मार्च २०१९ मा सम्पन्न हुने अधिबेशन ले सबै समस्याको हल हुनेहुँदा बेल्जियमबासी सम्पुर्ण संघसस्था र नेपाली समुदाय लाई अनुरोध समेत गर्नु भयो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार