पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।
https://www.facebook.com/voiceofnepaltv/videos/2268042726804504/
कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकर हमाल, पर्यटनदूत रमेशकुमार गुरुङ, जनसम्पर्क समिति युरोपका कार्यबाहक अध्यक्ष पूर्ण हमाल, एनआरएनए आसिसी सदस्यद्वय नरेन्द्र हमाल र पेम्बा शेर्पा, एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्की, आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, प्रवासी नेपाली मंचका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनसम्पर्क समिति अध्यक्ष बिनोद घिमिरे, नेपाली संघीय समाजका अध्यक्ष सोम शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पा, नेपाली नारी समाज पोर्तुगलकी महासचिव मिनामाया खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
https://www.facebook.com/PhotoDrishti/videos/536833106800060/
साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका गणेश गुरुङ र नरजङ गुरुङले तमु भाषासहितका नेपाली गीतहरु पस्केका थिए । यसैगरी देव लामा, छिरिङ शेर्पा, लालमती गुरुङ, सुरक्षा आलेलगायतका कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए ।
https://www.facebook.com/PhotoDrishti/videos/364520621008325/
तमु भेषभूषासहित उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै सबै पाहुनाहरु छमछमी नाचे ।
https://www.facebook.com/PhotoDrishti/videos/1803417396453874/
कार्यक्रम तमु समाज पोर्तुगलका अध्यक्ष प्रितम तमु गुरुङको अध्यक्षता, सचिव अमर तमुको संचालन र उपाध्यक्ष मिलन तमुको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । साँस्कृतिक कार्यक्रमको सञ्चालन कमल गुरुङले गरेका थिए ।
















