अष्ट्रेलियामा थारु समुदायको माघी पर्व मनाईदै

थारू समुदायको महान चाड माघी अष्ट्रेलियाको सिडनीमा भव्यताका साथ मनाइने भएको छ ।

थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए। उनका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पे पार्कमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ । यस किसिमले माघी थारुहरुले अष्ट्रेलियामा मनाउन लागेको पहिलो पटक हो ।

कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थारु खानाका परिकार राखिनेछ। थारुका अलवा अन्य समुदायको पनि कार्यक्रममा सहभागिता रहने चौधरीले जानकारी दिए। सिड्नीबाहेक अन्य राज्यमा बस्ने थारुहरु पनि कार्यक्रममा सहभागी बन्नेछन् ।

थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले कार्यक्रममा सहभागी हुन थारु समूदायसहित अष्ट्रेलियामा बस्ने सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार