एनआरएनए पोर्तुगल घमण्ड र त्रासमा चलेको एक सल्लाहकारको आरोप , संघले पृथ्वी जयन्ती नमनाएकोमा दिए फेसबुकबाटै राजीनामा

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका एकजना सल्लाहकारले संघ घमण्ड र त्रासमा चलेको आरोप लगाउदै राजिनामा दिएका छन् । संघका सल्लाहकार गौरवप्रसाद न्यौपानेले संघले पृथ्वी जयन्ती नमनाएकोमा एनआरएनएप्रति असन्तुष्टि पोख्दै फेसबुकबाटै राजीनामा दिएका हुन् ।

न्यौपानेले सबैको विचारको सम्मान गर्नेभन्दा पनि कार्यसमिति घमण्ड र त्रासमा चल्ने गरेको आरोप लगाएका छन् । पार्टी र गुटगत निर्देशनमा चलेकै कारण नेपालबाट आउने जो कोहीलाई स्वागत गर्ने, जुनसुकै चाडपर्व र दिवस मनाउन कञ्जुस्याइँ नगर्ने एनआरएनले पृथ्वी जयन्तीमा एक शब्द खर्चन र एक घन्टाको कार्यक्रम राख्न पनि नसकेको गुनासो गरेका छन् । उनले लेखेका छन् : ‘समाजमा केही गर्दछौ नेपालीको लागि केही गर्दछौ भनेर भन्नु खोक्रे भाषण मात्र रहेछ भन्ने प्रष्ट भयो ।’

भोइस अफ नेपालसँगको कुराकानीमा न्यौपानेले भने ” अघिल्लो बर्ष पृथ्वी जयन्ती मनाउदै गर्दा नेपाली कन्सुलेट लिस्बोन र एन आर एन पोर्तुगलले अबका बर्षमा संयुक्तरुपमा पृथ्वी जयन्ती मनाउने बाचा गरेतापनि कयौ कोशिस गर्दा पनि यसपाली कन्सुलेट र एन आर एन ले चासो नै दिएन। त्यसैले सल्लाह नलिने र आफैले बाचा गरेका कुराहरु बिर्सने संस्थामा बस्नुको कुनै औचित्य छैन। ”

२ बर्षे कार्यकालमा १८ महिना बितिसकेर करिब ६ महिना बाँकी रहदासम्म एक पटक पनि सल्लाकारको बैठक बसेको छैन :

एनआरएनए पोर्तुगलले जम्बो सल्लाहकार समिति निर्माण गरी कार्यगर्नु वा कार्यकाल पुरा हुनुभन्दा पहिले सुरुमै आन्तरिक बैठकको हवाला दिदै मिडियालाई छल्दै सल्लाहकार समितिलाई सम्मान गरेको थियो। सल्लाहकार समिति निर्माण पश्चात् २०१७-२०१९ कार्यसमितिको २ बर्षे कार्यकालमा १८ महिना बितिसकेर करिब ६ महिना बाँकी रहदासम्म अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन। औचित्यहिन सल्लाहकार समितिको गठन र सम्मान के का लागि , जनचासोको बिषय छ।

कार्यसमिति, संरक्षक परिषद , सल्लाहकार, पदाधिकारी र कार्यसमिति मनोनयन गर्ने र तिनीहरुबाट विवादास्पद काम हुने, असन्तुष्टि छताछुल्ल हुने, बैठकमै उपस्थित नहुने, लस्करै राजीनामा आउने, गोपनियता भंग हुने आदि कार्यकलापले सिङ्गो संस्थाको अनुशासन र व्यवस्थापनमाथि चुनौति थपेको र आफु पनि दिक्क भएको एक उपाध्यक्षले बताएका छन् । नाम उल्लेख नगरिदिन अनुरोध गर्दै उनले आगाडी थपे “संघ अलिक बढी लोकतान्त्रिक र पारदर्शी हुन जरुरी देखिन्छ, संघको बिधिबिधान बिपरित कार्य गर्ने हरेकलाई कारवाही गर्न सक्नुपर्छ । अबको एन आर एन पद र भागबण्डाका लागि नभई काम गर्ने र अनुशासितहरुको समूह हुनुपर्छ। ”

सर्वसाधारणको गुनासो छ , ” पदकै लागि आफ्ना नाजिकका, नातागोता, र सम्बन्धका आधारमा र कसैलाई खुशी पार्नकै लागि गठन गरिने समिति र तिनले गर्ने गलत हर्कतले नै संस्थाको साख गिरेको छ, संघ र समुदाय यसमा चनाखो हुनुपर्छ . ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार