महिला टी–२० स्मास क्रिकेट : युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार तीन खेल जित्दै महिला टी–२० स्मास क्रिकेट अन्तर्गत नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार थाइल्याण्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो भने नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एकरएक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।नेपालले यसअघि चीनलाई १० विकेटले र मलेसियालाई ६ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार