दोहा । कुवेतको जाबेर अल–अहमद एरिमाया अबैध रुपमा मदिरा बनाउने ४ जना नेपालीहरुलाई स्थानीय प्रहरीले प्रक्राउ गरेको छ।रक्सी भट्टीमा छापा मार्दा दुई पुरुष र दुई जना महिला पक्राउ परेका छन् ।
उनीहरुले मदिरा भट्टी संचालन गरी अत्याधिक मात्रमा मदिरा उत्पादन गरी बेच्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको मदिरा सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन । कुवेतमा मदिरा कारोबार र उत्पादन गर्न निषेध छ । पछिल्लो समय कुवेतमा गैरकानुनी कार्यमा संलग्न नेपालीहरुको संख्या बढ्दो छ ।
















