आयुष्मान र शिल्पाको ‘सानो मन’

काठमाडौं– सुयोग गुरुङको निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म घोषणा गरिएको हो । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुने कार्यक्रममा निर्देशक गुरुङले जानकारी दिए । गुरुङको यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको रोमान्स रहनेछ । शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’मा काम गरिसकेकी छिन् । फिल्मको घोषणामा आयुष्मानले निर्वाण चरित्रको भूमिकामा आफु देखिन लागेको बताए ।

अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म खेलन लागेको बताइन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । फिल्म घोषणासभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार