काठमाडौँ। बिराज भट्ट नेपाली चलचित्र क्षेत्रमा कुनै समय एक्सन नायकको रुपमा स्थापित नाम हो। नेपाली दर्शकले एक्सन चलचित्रको नाम लिने बित्तिकै बिराज भट्टको नाम शीर्ष स्थानमा आउथ्यो। उनले एकपछि अर्को लगातार हिट चलचित्र दिएका छन्। चलचित्र चल्नको लागि विराज भट्टको नाम र पोष्टर नै काफी बन्ने गरेको थियो।
नेपालमा चर्चित रहँदा रहँदै उनी एकाएक गायब भए अनि पुगे भोजपुरी चलचित्रमा आफ्नो हैकम जमाउन। धेरै भोजपुरी चलचित्रमा उनले आफ्नो जादुमय एक्सन शैली चलाए। करिव ६ वर्षको अवधिमा उनले ५० बढी चलचित्रमा अभिनय गरे।
कैलालीको अत्तरियामा आयोजित ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५’मा नायक बिराज भट्टले आफ्नो प्रस्तुति दिए। हेर्नुस् भिडियो।
















