VON, बेल्जियम। ।

बेल्जियममा शरणार्थी भिसा बिक्री गरेको अभियोगमा एनभीए सिटी काउन्सिलर मेलिकान कुचाम पक्राउ परेका छन्। उनि २०१८ को स्थानीय निर्वाचनमा मेखेलेन सिटीबाट एनभिए पार्टीबाट काउन्सिलर बनेका थिए। कुचामले जनवरी २ मा मात्रै सपथ खाएका थिए।
सपथ खाएको दुई साता पनि नबित्दै काउन्सिलर मेलिकन कुचामलाई मानवीय भिसा ठगी र मानव तस्करीको अभियोगमा पक्राउ गरिएको छ। कुचामको पक्राउले बेल्जियमको राजनीतिमा नयाँ तरंग आएको छ। ३५० युरो सरकारी दस्तुर लाग्ने मानवीय भिसालाई प्रतिव्यक्ति १० हजार युरोसम्म घुस लिएर सिरियाली र इराकीहरुलाई मानवीय शरणार्थी भिसा बिक्री गरेको अभियोग कुचामलाई लागेको छ।
भ्रस्टाचार , ठगी र मानब तस्करीको अभियोगमा पक्राउ परेसंगै कुचामलाई आजकै मितिदेखि सम्पूर्ण पदहरुबाट बर्खास्त गरिएको छ। बेल्जियम सरकारले यो घटनाको अनुसन्धान गरिरहेको छ र कुचाम अहिले अनुसन्धानको लागि जेलमा छन्। यता शरणार्थी सम्बन्धी मुद्दा हेरेका एनभी पार्टीकै निवर्तमान प्रमूख सचिव Theo Franken महाविवादमा तानिएका छन, किनभने कुचामको प्रमूख सचिव संग राम्रै सांठगांठ रहेको थियो ।

















