पेरिस ।

मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व राजधानी पेरिसस्थित नेपाली समुदायमा मनाइएको छ ।
समाजका अध्यक्ष रमेश थापा र मुख्य अतिथि फ्रान्सका लागि राजदूत अम्बिकादेबी लुइँटेल मानन्धरले उद्घाटन गर्नु भएको समारोहमा समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत गर्नु भएको थियो ।
मगर जाति र माघे संक्रान्तिबारेमा प्रकाश पारिएको कार्यक्रममा माघे संक्रान्तिमा खाइने परिकारः तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचारसहित स्वादिस्ट भोजन समाजकी कला संयोजक मेनुका थापाले संयोजन गर्नु भएको थियो । यस्तै, मौलिक नृत्यकला प्रस्तुत गरिएको थियो ।
समाजले लामो समयदेखि मातृभूमी नेपालबाट टाढा रही फ्रान्सलाई कर्मभूमि बनाइरहेका हरिहर अर्यालले नेपाली समुदायलाई फ्रेन्च नेपाली भाषा पुस्तक लेखेर पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा विश्व मगर संघ बेल्जियमका संयोजक नेत्र थापा मगर र बेल्जियम मगर संघकी सचिव सुशीला रोका मगर पनि सहभागी थिए ।
















