क्रिकेट: ६ ओभरमा नै सोम्पलले लिए यूएईकाे ४ विकेट

नेपाल र यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले टस जितेर पहिले ब्याटिंग रोजेको थियो र उक्त ५० ओभरमा नेपालले २४३ रनको समान जनक टार्गेट यूएई सामु दिएको थियो ।

यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ब्याटिंग संगै बलिङ्ग पनि उतिकै राम्रो प्रदर्शन गरेको छ । आज सोम्पलले लगातार ४ ओभरमा ४ विकेट लिएका छन् ।

उनले नेपाललाई महत्वपूर्ण ४ विकेट निकालेर महत्वपूर्ण योगदान दिएका छन् ।

नेपालविरुद्ध २४३ रनको लक्ष्य पछ्याएको युएईले चौथो विकेट गुमाएको छ ।

नेपालका ओपनिङ बलर सोमपाल कामीले यूएईका चिराग सुरीलाई पहिलो ओभरको अन्तिम बलमा आउट गरेका हुन् । सुरी खाता नै नखोली पेभेलियन फर्किए ।

सोमपालले नै तेस्रो ओभरको पाँचौं बलम गुलाम सब्बेरलाइ आउट गरे । भने चौतो ओभरको पहिलो बलमा नै फेरी आउट गरेका हुन् ।

त्यसैगरी खेलकाे पाँचाैँ ओभरको अन्तिम बलमा शाइमन अलवरकाे विकेट लिँदै सोमपाल यूएई काे ब्याटिङ लाइनअपलाई सुरुवातमै धराशायी बनाएका छन् भने आफ्नाे खातामा महत्वपूर्ण ३ विकेटकाे आँकडा जाेडेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार