युएईविरुद्ध कप्तान पारस खड्काको अर्धसतक

काठमाडौं : युएईविरुद्धको तीन एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल अहिले जबाफी ब्याटिङ गरिरहेको छ ।

पहिले ब्याटिङमा गएर संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको २२५ रनको चुनौती पछ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक बनाएका छन् ।

तेस्रो क्रममा आएका कप्तान पारस ताजा अवस्थामा ६२ बलमा ५९ रन बनाउँदै क्रिजमा छन् । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका छन् ।

त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

नेपालका लागि कप्तान पारसलाई साथ दिइरहेका सन्दीप जोरा पनि सस्तैमा आउट भए । सन्दीप २० बलमा १९ रन बनाएको अवस्थामा क्याच आउट भए । जोरा आउट भएपछि अहिले पारसलाई साथ दिन रोहित कुमार पौडेल क्रिजमा छन् ।

यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार