कप्तान पारसलाई ” प्लेयर अफ द सिरिज” को उपाधि

काठमाडौं ।

कप्तान पारस खड्का युएई विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

युएई विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्दै नेपाललाई जित दिलाएका कप्तान प्लेयर अफ द म्याचसँगै प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ रन बनाए । सिरिजमा उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बने । उनले पहिलो खेलमा २० रन बनाएका थिए भने दोस्रो खेलमा २१ रन बनाएका थिए । अन्तिम खेलमा भने ११५ रन बनाउँदै शतक प्रहार गरेका थिए ।

बलिङतर्फ पनि कप्तान पारस जमे । उनले चार विकेट लिए ।
फोटो: रमन शिवाकोटी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार