काठमाडौँ ।

घरेलु लिगमा राम्रो प्रदर्शन गरे पनि क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्स कोपा इटालियाबाट बाहिरिएको छ । बुधबार राति सम्पन्न खेलमा एट्लान्टासँग ३–० गोलले पराजित भएसँगै युभेन्ट्सको कोपा इटालिया यात्रा क्वार्टरफायनमै सकिएको हो ।
खेलमा युभेन्ट्सले स्टार खेलाडीहरुलाई मैदानमा उतारेको थियो तर, प्रदर्शन भने कमजोर रह्यो । एट्लान्टाले ३७ औं मिनेटमा युभेन्ट्सविरुद्ध गोल गरेको थियो । उक्त गोल टिमोथी कास्टाङ्गले गरेका थिए ।
त्यस्तै ३९ औं मिनेटमा डुभान जापाटाले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि युभेन्ट्सको प्रदर्शन खराब रह्यो । खेलको ८६ औं मिनेटमा जापाटाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लान्टालाई ३–० गोलको अग्रता दिलाए ।
यससँगै युभेन्ट्सको कोपा इटालिया यात्रा सकिएको छ ।
















