काठमाडौँ ।

लिभरपुललाई लेस्टर सिटीले बराबरीमा रोकेको छ । बुधबार राति एनफिल्डमा सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुल र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेसँगै अंक बाँडेका हुन् ।
लिभरपुलको लागि साडियो मानेले खेलेको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा लेस्टर सिटीका ह्यारी म्यागुइरेले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको बाँकी समयमा थप गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् ।
त्यस्तै, बुधबार राति नै सम्पन्न खेलमा टोटनहमले वाट्फोर्डलाई पराजित गरेको छ । वेम्ब्लेमा सम्पन्न खेलमा घरेलस टिम २–१ गोलले विजयी भएको हो । खेलमा वाट्फोर्डले अग्रता लिएको थियो । वाट्फोर्डको लागि क्राइग क्याथकार्टले ३८ औं मिनेटमा गोल गरे । तर, ८० औं मिनेटमा सन हिउङ मिनले तथा इन्जुरी समयमा फर्नान्डो लेरेन्टेले गोल गरेका हुन् ।
अंक तालिका

















