नेपाल युएई टी ट्वान्टी : नेपाललाई पहिलो धक्का, प्रदीप ऐरी सस्तोमा नै बाहिरिए

काठमाडौँ १७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको ट्वान्टी ट्वान्टी क्रिकेटमा घरेलु टोलीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई सुरुवाती धक्का लागेको छ ।

नेपालका प्रारम्भिक व्याट्सम्यान प्रदीप ऐरी एक बलको सामना गर्दा डकमा आउट भएका छन् । उनलाई युएईका कप्तान मोहम्मद नाभिदले एलबिडब्ल्यु धरापमा पारेका हुन् । अहिले नेपालको कमाण्ड कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।

नेपालले दोस्रो ओभरमा समाप्तीमा १ विकेट गुमाएर १० रन बनाएको छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार