नेपाल भर्सेज युएई टी ट्वान्टी: युएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य पेश, अब पालो व्याट्सम्यानको

नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले १ सय ८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको छ ।

पहिलो खेल गुमाएको नेपालले आजको खेललाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरेको छ । पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईलाई कम रनमा रोक्ने रणनीतिमा नेपाली बलरहरु सफल भएका छन् । यसक्रममा अभिनाश बोहराले ३ विकेट, सोमपाल कामी , सन्दीप लामिछाने र करण केसीले समान दुई ÷ दुई विकेट लिदा घरेलु टोली युएई निरन्तर दबाबमा परेको थियो ।

अभिनाश बोहराले फस्ट डनमा मैदानमा आएका सीपी रिजवानलाई कप्तान पारस खड्काको सहयोगमा आफ्नो तेस्रो शिकार बनाएका थिए । रिजवानले युएईका लागि सर्वाधिक ४४ रनको योगदान गरेका छन् ।

यसअघि अभिनाश बोहराले दिलिपसिंह ऐरको सहयोगमा अमिर हायतलाई ३ रनमा र कप्तान मोहम्मद नाभिदलाई ज्ञानेन्द्र मल्लको सहयोगमा ७ रनमा आउट गरेका थिए ।
सोमपाल कामीले सुरुवाती दुई विकेट लिदा चर्चित बलर सन्दीप लामिछानेले पनि दुई विकेट लिएपछि घरेलु टोली दबाबमा परेको थियो । यस्तै मध्यक्रमका विकेट खोस्न करण केसी र अभिनाश बोहरा सफल भएका थिए । जाहुर खानलाई २ रनमा आउट गरेका थिए ।

टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईको सुरुवाती दुई विकेट लिन सोमपाल कामी सफल भएका थिए । उनले उपकप्तान ज्ञानेन्द्र मल्लको सहयोगमा युएईका ओपनर अहमद अस्फाकलाई चार रनमा आउट गरेको केही समयमा नै गुलाम सब्बारलाई पनि ६ रनमा नै पेभेलियन फर्काएका थिए । कामीले प्रदीप ऐरीको सहयोगमा सब्बारलाई आउट गरेका हुन् ।

यस्तै चर्चित बलर सन्दीप लामिछानेले पनि कप्तान पारस खड्काको सहयोगमा सइमान अनवरलाई १४ र मुहम्मद उस्मानलाई शून्य रनमा आउट गरेका थिए ।

यसैबीच करण केसीले मोहम्मद बुटलाई पवन शर्राफको सहयोगमा ११ मा आउट गरेका थिए ।
करणले तीन खेलको श्रृंखलामा हिजोको पहिलो खेलमा २१ रनको जित हात पारेर युएईले श्रृंखलमा एक शून्यको अग्रता लिएको छ । नेपाल आजको खेल जितेर खेल बराबरीमा उभ्याउने दाऊमा छ भने युएई आजको खेल जित्दै श्रृंखलामा कब्जा जमाउने प्रयासमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार