काठमाडौँ ।

रेमो डिसुजाको डान्स रियालिटि शो डान्स प्लस सिजन ४ को ग्राण्ड फिनाली टप ४ फाइनलिष्टको बिचमा सम्पन्न भएको छ । डानस प्लस ४ भारतिय डान्स रियालिटि शोहरु मध्ये निकै नै चर्चित शो हो ।
यस शोमा रेमो डिसुजा सुपर जजका रुपमा छन् भने धर्मेश यालण्डा, शक्ति मोहन र पुनित पाठक क्याप्टेनका रुपमा छन् र रागभ जुयाल र सुगन्धा मिश्रा यस शोका होष्टका रुपमा छन् । यस चर्चित रियालिटि शो भारतिय च्यानल स्टार प्लसबाट प्रसारणमा आइरहेको थियो भने हिजो यस शोको ग्राण्ड फिनाली भएको हो ।
फिनालीमा टिम धर्मेशबाट बर्तिका झा, भि अनबिटेबल र टिम पुनितबाट चेतन सालुंखे र नेपालका सुजन मार्फा तामाङ र अछामकी आँचल शर्मा गरि जम्मा चार चारटिम भिडेका थिए ।
धमाकेदार ग्राण्ड फिनाली पछि बाकीँ ३ लाई पछार्दै टिम पुनितबाट पुनेका चेतन सालुंखेले डान्स प्लस ४को ट्रफि उचालेका थिए । त्यस्तै सुजन र आँचर फस्ट रनरअप, बर्तिका झा सेकेण्ड र भि अनबिटेबल थर्ड रनरअप भएका थिए ।
हेर्नुस् भिडियो :
















