लण्डन ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाको नियमित बैठक सम्पन्न भएको छ । बैठकले विविध विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले ११ जना सल्लाहकार र १० जना सभासद मनोनित गरेको छ ।

आइतबार अल्डरसटमा भएको कार्यसमिति बैठकले शाखाको सल्लाहकारमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, भगिरथ योगी, सोनाम छिरिङ शेर्पा, हरिकाजी गुरुङ, फडिन्द्र भट्टराई, संगिता मरहट्ठा, कुशल श्रेष्ठ, विपिन निरौला, विकलचन्द्र अचार्य र दूत पुन मनोनित गरेको हो ।
त्यस्तैगरि सभासदमा एभरेष्ट गौतम, बाचस्पति रेग्मी, नृपेश उप्रेती, प्रजय शुक्ल, प्रमिला लाबुंग राई, जानुका राई, भावना सुनुवार, मिलन तमु, सविन्द्रकुमार (एसके) गुरुङ र मिलन शर्मालाई मनोनित गरिएको छ ।
(सल्लाहकारमा कसकसले कसको नाम प्रस्ताव गरे..
१) भगिरथ योगी २) नवीन पोखरेल ३) चिरन शर्मा
(अध्यक्ष नरेश खपाङीको प्रस्ताव सबैको ताली)
४) बिकलचन्द्र आचार्य ( प्रस्ताव : श्याम लुइँटेल)
५) सोनाम छिरिङ शेर्पा ( प्रस्ताव: बिमला सेने)
६) बिपिन निरौला ( श्याम लुइँटेल, संजय कडेल ओके भनेर माइन्युट लेखाइ जारी)
७) फडिन्द्र भट्टराई (ध्रुब अर्याल,जीवन सेन)
८) संगीत मरहठ्ठा ( श्याम लुइँटेल)
९) हरिकाजी गुरुङ (पुर्ण गुरुङ)
१०) दुत पुन (नरेश खपाङी मगर)
११) कुशल श्रेष्ठ (श्याम लुइँटेल, जीवन सेन)
बैठकले शाखाको सदस्यता शुद्धिकरण समितिका संयोजक भगिरथ योगीबाट समितिले गरिरहेको कार्यका सम्बन्धमा जानकारी उपलब्ध गराइएको सन्दर्भमा आगामी कार्यसमिति बैठकभित्र प्रतिवेदन पेश गर्न आग्रह गर्ने निर्णय भएको छ । साथै दुई सातापछि पोखरामा आयोजना हुने नेपाल पत्रकार महासंघ केन्द्रको विधान सम्मेलनमा महासंघको वैदेशिक शाखासम्बन्धी विधान संशोधनका लागि शाखाबाट सुझाव पठाउन अध्यक्ष नरेश खपांगीलाई जिम्मा दिइएको छ ।
एनआरएन यूकेसँगको सहकार्यमा शाखाले स्थापना गरेको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार कोषलाई एनआरएन यूके तथा पत्रकार महासंघ यूकेको संयुक्त स्वामित्व रहने गरी हस्तान्तरण गर्न आग्रह गर्दै कोषलाई वृद्धि गरि रु ५० लाख पुर्याउने पहल गर्ने निर्णय गरेको छ । यस अगाडि सो कोषमा रु १६ लाख रहेको छ ।
समुदायसँगको अन्तरक्रिया कार्यक्रम आउँदो तीन महिनाभित्र मिडल्याण्ड र केन्टमा पुगेर गर्ने निर्णय गरेको छ ।
मिडल्याण्डमा शाखाका सदस्यहरु केशव भण्डारी, महेश अधिकारी, नृपेश उप्रेती र टिका अधिकारी तथा केन्टमा रमेश सरांकोटी, विश्वासदिप तिगेला, देवेन्द्र खेरेस, क्षेत्र वनेम, जानुका राई, ज्ञाम गुरुङ सहितका सदस्यहरुसंग विशेष समन्वयमा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
शाखाको स्थापना दिवसका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न महासचिव सञ्जयभक्त कंडेलको संयोजनमा संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा ,उपाध्यक्ष विमला सेने र सदस्य विश्वासदिप तिगेला सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।
गत वर्षको मे महिनामा निर्वाचित शाखाको चौंथो कार्यसमितिको तेस्रो पुर्ण बैठक शाखाका अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा बसेको हो । बैठकमा महासचिव सञ्जयभक्त कंडेलले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुइंटेल, उपाध्यक्ष विमला सेने, सचिवद्धय शिव भण्डारी र पुर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सदस्यहरु जिवन सेन, खेमराज रानाभाट , नागेन्द्र नेम्वांग, अनिल मल्ल लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै बैठकले शाखाका सदस्यहरुको आइएफजेको प्रेस कार्डको लागि आवश्यक प्रक्रियाका सम्बन्धमा बुझ्ने र आवेदनहरुको संयोजन गर्ने जिम्मा महासचिव कंडेललाई दिइएको छ । – नेपालयुरोप
















