-प्रदीप परियार थापा

Exclusive- Washington, DC – अमेरिकी नेपाली लगायत तेर्ह मुलुकका अमेरिकामा रहेका जनताहरूले आ-आफ्नो देशमा घटेको महाबिपत्तीपछि प्राप्त टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा लिएकाहरूको स्थाई सुरक्षाको माग गर्दै ‘नेसनल टिपिएस अलाईन्स’ को आयोजनामा अमेरिकीको राजधानी वासिंगटन डिसीमा बृहद र्मार्चपास यालीको आयोजना गरिएकोछ। उक्त र्यालीमा न्यू योर्कको नेपाली महिलाहरूको नेतृत्व रहेको चर्चित नेपाली संस्था ‘अधिकार’ को अगुवाईमा बिभिन्न नेपाली संस्थाहरूका प्रतिनिधिहरू र सयौं नेपालीहरूले सहभागी भएर अमेरिकी सरकारसंग टिपिएस सुविधा पाएकाहरूलाई स्थाई बैधानिक बसोबासको व्यावस्था गर्न जोडदार माग गरेकाछन्।
अमेरिकामा ४ लाख ३६ हजार ८६९ बिदेशी नागरिकलाई टिपिएस सुबिधा उपलब्ध
अमेरिकि सरकारले अहिले ४ लाख ३६ हजार ८६९ बिदेशी नागरिकलाई टिपिएस सुबिधा उपलब्ध गराएको छ जसमध्ये १४,७९१ नेपालीहरूले टिपिएस सुबिधा पाएकाछन्। होमल्याण्ड सेक्यूरिटीका अनुसार अहिले टिपिएस सुबिधा प्राप्त देशहरुमा एल साल्वाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुआ, सोमालिया, सुडान, साउथ सुडान, सिरिया र एमन देशका अमेरिकामा रहेका नागरिक छन् । यि मध्ये एल साल्भाडोरको सन् २०१९ को सेप्टेम्बर ९ तारिखदेखि, हैटीको सन् २०१९ को जुलाई २२ तारिखदेखि, निकारागुआको सन् २०१९ को जुन ५ तारिखदेखि, नेपालको सन् २०१९ को जुन २५ तारिखदेखि र सुडानको सन् २०१८ को नोवेम्बर २ तारिखदेखि टिपिएस सुबिधा खारेज गरिएको छ ।
TPS Families Organizing March to DC Campaign Rally on Feb 12th Calling on Congress to Enact Permanent Protections to TPS Holders
The National TPS Alliance announces plans for a major mobilization in Washington, DC on Tuesday, February 12 to demand justice and a permanent solution for Temporary Protected Status (TPS) holders from all 13 countries. TPS families representing all thirteen countries designated with “TPS” will converge in Washington, DC to send a message to President Trump and the new Congress.

There are total 4,36,869 Temporary Protected Status (TPS) holders from 10 countries such as El Salvador, Haiti, Honduras, Nepal, Nicaragua, Somalia, Sudan, South Sudan, Syria and Yemen while there are 14,791 Nepal TPS holders in U.S. Nepali TPS will be terminated on June 24, 2019.
The TPS program was established in 1991 to allow foreign nationals already present in the United States to remain in the country, if while they were here, their countries experienced a catastrophe like war, natural disaster or other extraordinary conditions.
In 2017, President Trump’s Government, the Department of Homeland Security announced the cancellation of TPS for seven of the ten countries covered by the program, including Nepal, Nicaragua, Honduras, Haiti, El Salvador, Yemen and Sudan putting nearly 317,000 individuals nationwide at risk to deportation and family separation beginning in November of 2018.
टिपिएस नविकरण, रिमिट्यान्स र किस्तावन्दीको हाम्रो भविष्य
दुई लाख अमेरिकी नेपालीहरू मध्ये बिबिध कारणबस बैधानिकता प्राप्त गरीनसकेका १४,७९१ नेपालीले टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) मार्फत ओर्कपरमिट पाउन सफल भएकाछन्। कतिले पहिलो पटक १०/१५ वर्ष पछि नेपाल फर्केर आफ्नो परिवार, लालाबालालाई भेट्ने अवसर टिपिएसकै कारण सम्भव भयो। यि झण्डै १५ हजार नेपालीका रिमेटेन्सबाट नेपालमा रहेका यिनका झण्डै २ लाख परिवार र नातागोता प्रतक्ष र परोक्ष रूपमा लाभान्वित भएकाछन् भने मातृभूमि नेपाल राष्ट्रले प्रति महिना डेढदेखि दुई करोड डलर (१ अर्ब ५६ करोड रूपैंया) र वार्षिक ७ अर्ब रूपैया रिमिटेयान्स प्राप्त गरेकोछ।अमेरिकी ग्रिनकार्ड र सिटिजनवाला नेपालीहरूले यतै घरजम बसाईको कारण र परिवार र नातागोता यतै सरीसकेको कारण नेपालमा रिमिट्यान्स यि टिपिएसवाला नेपालीहरूलेभन्दा निक्कै कम पठाउँछन् तर यि नेपालीले त पुराकापुरा (५०-७५ प्रतिसत) कमाई नेपाल पठाउँछन्। तेसैले नेपाल सरकार र सरोकारवाला सबैले अमेरिकी सरकारद्वारा टिपिएस स्टाटस नविकरण गराउन पहल गर्नु र सफल हुनु भनेको नेपालमा दुई लाख नेपालीहरूलाई प्रतक्ष र परोक्ष सहयोग पुर्याउने स्तुत्य काम हो भने टिपिएस प्राप्त नेपालीहरूको किस्ताबन्दीमा जिउनु परेको भविष्य सुनिश्चित गराउने गर्विलो कदम पनि हो। टिपिएस स्टाटस नविकरण पहिलो प्रार्थमिकतामा पारौं।
















