अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ

काठमाडौँः

अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको गुनासो आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनीहरूलाई साइबर अपराध अनुसार कारबाही अगाडी बढाउने डिएसपी बोगटीले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार