बधाई ! नेपालका प्रितम र आयुष पुगे ‘सारेगमप’को टप १४ मा – भिडियो

भारतको चर्चित सिङ्गीङ रियालिटी शो सारेगमप लिटिल च्यामको टप १४ को टुंगो लागेको छ ।

टप १५ मा पुगेका प्रतिस्पर्धीको ४ हप्ताको प्रस्तुतिलाई जज र जुरिजजले गरेको निर्णयका आधारमा टप १४ को टुंगो लागेको हो । टप १४ मा नेपालका प्रितम आचार्य र आयुष केसी पनि पुग्न सफल भएका छन् ।

एकपछि अर्काे धमाकेदार प्रस्तुति दिदै सबैकाे मन जित्न सफल नेपाल इटहरीका प्रितम र आयुषले उत्कृष्ट प्रस्तुति दिदै आफुलाई अब्बल सावित गरिरहेका छन् । आफ्ना हरेक प्रस्तुतिमा उनीहरुले सबैलाई लोभ्याउने गरेका छन् । भारतका लाखौ प्रतिस्पर्धीबाट छानिएर आएका प्रतिस्पर्धीलाई कडा टक्कर दिदै उनीहरुले आफुलाई अब्बल साबित गरिरहेका छन् । देश बिदेशमा बस्ने लाखौ नेपालीको माया र समर्थन समेत उनीहरुले विभिन्न माध्यमबाट पाइरहेका छन् । भारतको चर्चित शोमा नेपालबाट सहभागिता जनाउनु आफैमा खुसीको खबर र गर्व लाग्ने कुरा हो भने त्यसैमा कार्यक्रममै आफुलाई अब्बल सावित गर्दै देशको नाम समेत चिनाउनु सबैका लागि खुसिको खबर बन्दै गएको छ ।

टप १४ का लागि भएको अन्तिम प्रस्तुतिमा प्रितम आचार्यले फेरि सत प्रतिसत नजिता ल्याउदै सबैकाे मन जितेका छन । भने ९६ % बढी नतिजा ल्याउँदै आयुषले समेत आफ्नो बलियो लय कायम राखेका छन् । यस हप्ता पनि प्रितमककाे प्रस्तुतिलाइ जुरीजजहरूले सत प्रतिसत नजिता दिएका थिए । अडिसन बाटै सबैको मन जितेका ११ बर्षिय प्रितमले ब्याक टु ब्याक चार्टबास्टर प्रफमेन्स दिइरहेका छन । यस हप्ता उनले ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत ‘सोचेङ्गे तुम्हे प्यार’ गीत गाएका थिए भने आयुषले “बिर” फिल्मको सुरीली आखियौ वाली गीत गाएका थिए । उनले पनि गीत गाइरहदा जज, जुरीजज बाट निकै राम्रो प्रतिक्रिया पाइरहेका थिए । यसरि भारतको चर्चित शोमा सहभागीता जनाएर उत्कृष्ट प्रस्तुति दिइरहेका दुवै नेपाली बाल कलाकारलाई हामी सबैको तर्फबाट शुभकामना !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार