अध्यक्ष प्रचण्डद्वारा अमेरिकी उप-सहायक विदेशमन्त्रीसँग भेट,उपचार सकेर आज फर्किँदै

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्ससँग भेट गर्नुभएको छ ।

पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहनुभएका प्रचण्डले साइड भेटवार्ताका क्रममा वेल्ससँग भेट्नुभएकाे स्राेतले जानकारी दियाे । यद्यपि भेटमा दुवैबीच के कुराकानी भयो भन्ने बारेमा भने केही बताइएको छैन ।

दुवै नेताहरुबीच भएको भेटवार्ताको तस्वीर प्रचण्डकी छोरी गंगा दाहालले आफ्नो फेसबुक पेजमा राख्नुभएको छ ।

उपचार सकेर प्रचण्ड दम्पती आजै अमेरिकाबाट स्वदेश यात्राका लागि फर्कने कार्यक्रम रहेकाे छ । यद्यपि उहाँहरु बिहीबार मात्रै स्वदेश आइपुग्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार नै मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गर्नुभएको थियाे । नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीले सो अवसरमा स्वागत गर्नुभएको हाे । सो अवसरमा नेपाली राजदूत अर्जुन कार्कीकाे समेत सहभागिता रहेकाे थियो ।

तस्वीर : गंगा दाहालकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार