बेलायतमा गायिका मिलनको ‘मिरा साँझ’ हुदै

लण्डन।

गायिका मिलन नेवारले स्थापना गरेको ‘मिलन च्यारिटी फाउण्डेसन’ले यही चैत १६ गते युकेमा ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृति आवासीय बिद्यालयको सहयोगको लागि गायिका मिलन नेवार र गायक राजनराज शिवाकोटीको संयुक्त साँझ बेलायतमा हुन लागेको हो ।

विद्यालयले गायिका नेवार र गायक शिवाकोटीलाई सद्भावना दूत समेत घोषणा गरेको छ । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी ३० मार्चमा युकेमा मिरा साँझ आयोजना गर्न लागिएको गायिका नेवारले जानकारी दिइन् ।

अग्रगामी समुह बेलायत, आदिवासी चलचित्र महासंघ बेलायत र मिलन च्यारिटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलित रकम विद्यालयका बालबालिकाको अध्ययनका लागि खर्च गर्ने नेवारको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार