काठमाडौं । नेपाल कम्ययुनीष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट नेपाल प्रस्थान गनुभएकाे छ।

लामो समय अघिबाट पार्किन्सनबाट पीडित रहेकी पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड गत चैत्र ४ गते अमेरिका जानुभएको थियो । अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदेश प्रस्थान गर्नुभएकाे उहँको सचिवालयले जनाएको छ ।
यद्यपी उहाँ बिहीबार मात्रै नेपाल आइपुनुहुने बताईएको छ । सचिवालय स्रोतका अनुसार प्रचण्डलाई न्युयोर्क विमानस्थलबाट भने अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले विदाई गरिसक्नु भएको छ ।
अमेरिका यात्राको क्रममा प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्स, नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी र नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीसँग भेट गर्नु भएको थियो ।
अध्यक्ष प्रचण्डले सोमबार मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन समेत गर्नुभएको थियो । यस अघि पत्नी सीता दाहालालाई भारत र सिंगापुरका अस्पताल लगिए पनि स्वास्थ्य अवस्था ठिक नभएछि उहाँलाई थप उपचारका लागि अमेरिका लगिएका हो ।
















