दोश्रो नेपाल आईडल रवि ओडलाई सुदुरपशिममा कैलाली उधोग बाणिज्य संघले सम्मान गरेको थियो। केही समय पहिले सम्पन्न भएको सुदुरपश्चिम महोत्सवमा नव प्रतिभा सम्मान कार्यक्रममा रवि ओड उपस्थिति हुन नसके पछि अहिले एक कार्यक्रमका बिच रबि ओडलाई सम्मान गरिएको हो। कैलाली उधोग संघका अध्यक्ष पुष्पराज कुबरले अबका बर्श पनि सुदुरमा रहेका हरेक प्रतिभालाई सम्मान गरिने बताउनु भएको छ।
देश तथा बिदेशमा पश्चिमी कला र संस्कृतिलाई चिनाउन र नव प्रतिभालाई हौसला बढाउन संघले हातेमालो गर्ने बताएका छन। प्रतिभा भएका ब्यक्तिलाई प्रोत्साहन गर्दै लैजाने उदेश्य रहेको अध्यक्ष कुवरले बताएका छन। नेपालको दोश्रो नेपाल आईडल रवि ओड सम्मानित भए पछि आफू धेरै खुशी रहेको र संघ लाई धन्यवाद ब्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै रविले अझै सुदुर पश्चिमको कला र संस्कृतिलाई देश बिदेशमा चिनाउन आफुलाई थप जिम्मेवारी थपिएको बताए। त्यस्तै आगामी दिनमा पनि विभिन्न स्टेज कार्यक्रममा आफ्नो कला र संस्कृतिलाई अझै चिनाउने बताएका छन।
त्यस्तै रवि ओडको नयाँ गित पनि अब छिट्टै बजारमा लेराउने बताएका छन। उनले आफ्नो नयाँ गित छिट्टै बजारमा लेराउने भन्दै आफ्नो गित यो अन्तर्वार्तामा गाएर सुनाएका थिए। त्यस्तै उनले आफ्नो बिहेको बारेमा पनि पहिलो पटक बोलेका छन। हेर्नुहोस यो बिशेष अन्तर्वार्ता ।
















