– सुजन श्रेष्ठ , काठमाडौँ |

हरेक हप्ता रिलिज भएका प्राय जसो फिल्म युटूबमा रिलिज हुने गरेको छ । तर यो हप्ता रिलिज हुने फिल्म ‘शुभ लभ’ भने युटूबमा नआउने भएको छ । धेरै फिल्म हलमा रिलिज भएको केही महिनामै फिल्म युट्युबमा रिलिज हुने गरेको छ । यसो गर्दा हलमा टिकट काटेर दर्शक किन हल जान्छ ? घरमै हेर्न पाइहालिन्छ । ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीले ‘शुभ लभ’ युट्युबमा नकुर्न दर्शकलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘फिल्म युट्युब रिलिज हुँदैन ।’
पछिल्लो समय नेपालि फिल्मको बजारमा निकै गिरावट पनि आएको छ। बर्षमा ३ देखि ५ ओटा मात्र फिल्मले लगानी सुरक्षित गर्ने गरेको छ । यसको मुख्य कारण युटूब रिलिज पनि हो भन्दा फरक नपर्ला । छक्का पन्जा २, छका पन्जा ३, रेखा थापाको मालिका, ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता केहि फिल्म मात्र युटूबमा रिलिज नहुने घोषणा भएको थियो । यसमै अब ‘शुभ लभ’ पनि परेको छ । युटूब रिलिज नगर्ने तर्फ निर्माताहरु गम्भीर भएको देखिन्न ।
ट्रेलर यस्तो छ
सन्तोष बाबु लोहनिले निर्देशन गरेको फिल्म ‘शुभ लभ’मा हरीहर अधिकारी, क्रिस्टिन पौडेल, डा.सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता समेत रहेका प्रदीप कुमार उदयले वितरण गर्दै छन । धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा नायक अधिकारीकै कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
















