यस्तो बन्यो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’काे ट्रेलर, अनमोलको डबल रोल !

काठमाडौँ – चलचित्र ‘ए मेरो हजुर ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् । ट्रेलरमा अनमोल केसीलाई डबल रोलमा देख्न सकिन्छ ।
सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले पनि ट्रेलरमा अटाएका छन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार