अल्गार्भ, पोर्तुगल।

पोर्तुगलको ब्यस्त शहर भिल्लामोरा र क्वार्तेरा निबासी गैर आबाशिय नेपाली समुदायको आयोजनामा यहीं अप्रिल १६ तारिख मंगलबारका दिन भिल्लामोरामा सांकृतिक कार्यक्रम हुने भएको छ ।
नेपाली नया बर्ष २०७६ को शुभ अवसरमा आयोजित शुभ कामना आदान-प्रदान तथा सांगीतिक प्रस्तुति कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरु सन्जिब प्रधान,शरिश्मा अमात्य तथा दीपेश किशोर भट्टराईको बेजोड सांगीतिक प्रस्तुति कार्यक्रम हुने भएको छ ।
भिल्लामोराको Ponto Final Bar मा आयोजना गरिने उक्त कार्यक्रम सोहि दिन साँझ ११ बजे देखि शुरुहुने कार्यक्रम आयोजक समितिका संयोजक निरन्जन सेढाईले जनाएका छन् ।
१० युरो प्रवेश शुल्क रहेको सो कार्यक्रमका लागि नजरमान गुरुङलाई टिकक ब्यवस्थापक संयोजक तोकिएको छ भने आयोजक समितिका सदस्यहरु मनोज पौडेल,कृष्ण पुरी, मनोज गुरुङ, रोशन बराल,कर्मा गुरुङ ,अन्जु गुरुङ, सुनिल श्रेष्ठ,सुबास तामाङ, रोहित घले तथा क्वार्तेराका नेपाली पसलहरुका देउता गुरुङ,सुनिल खरेल,अनिल गुरुङ तथा दिपक बहादुर केसी सँग सम्पर्क गरि टिकट खरिद गर्न सकिने आयोजक समितिले जनाएको छ ।
















