‘सानो मन’को ‘रानु कम्मर’मा सलमानको पर्सनल ट्रेनरको कोरियोग्राफी

फिल्म सानो मन गीतको सुटिङ्ग धमाधम सुटिङ्ग भईरहेको छ । उक्त गीतको भिडीयोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । रानु कम्मर बोलको गीतमा रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वर रहेको छ भने गीतको भिडीयोमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई फिर्चड गरिएको छ । साजन सिंह बलीउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर समेत हुन् ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण भईरहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्ने भएका छन् । फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको जोडी बाँधिएको छ । फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गर्न लागेका हुन् । ओ.पि.जी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्केसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको लेखन र आलोक शुक्लाको छायांकन रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार