शुक्रवारबाट देशभरका करीब सय बढी हलहरुमा एकसाथ प्रदर्शनमा आएको अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले घरेलु बजारमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिबार झरीका कारण बिहानको सोजमा दर्शक उपस्थिति न्यून भए पनि दिउँसोबाट देशभर हाउसफुल रहेको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।
फिल्मले पहिलो दिनको तुलनामा शनिबार राम्रो व्यापार गरेको वितरक समेत रहेका शाही बताउँछन् । उनी भन्छन्, ‘गएको ६/७ महिनायता प्रदर्शनमा आएका फिल्मको भन्दा ‘लभ स्टेसन’ को ओपनिङ राम्रो छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ । हामी दर्शक प्रतिक्रिया र फिल्मको व्यापारबाट सन्तुष्ट छौं ।’ शनिबार फिल्म देशभर हाउसफुल रहेको उनको भनाई छ ।
भिडियो हेर्नुहोस
















