बलिउडमा किङ खानका नामले चिनिने सुपरस्टार शाहरुख खानले आफूले श्रीमति गौरी खानलाई एकपटक पेरिसभन्दै झुक्याएर दार्जिलिङ घुमाउन लगेको बताएका छन्।

गत शुक्रबार हिन्दुस्तान टाइम्सले आयोजना गरेको अवार्ड कार्यक्रममा शाहरुख र गौरीको जोडीले ‘मोस्ट स्टाइलिस कपल’ को अवार्ड प्राप्त गरेको थियो।
सोहि कार्यक्रममा शाहरुखले आफ्नो राज खुलाएका हुन्। उनलाई कार्यक्रममा एक तस्बीर देखाइएको थियो। जहाँ उनले ढाका टोपी लगाएको देखिन्छ। श्रीमतिलाई अंकमाल गरेको देखिन्छ।
शाहरुखले यो तस्बिर आफ्नो सबैभन्दा मनपर्ने तस्बिर भएको बताउँछन्। उनले आफूले विवाह अगाडि गौरीलाई पेरिस घुमाउन लैजाने वाचा गरेको समेत बताउँछन्।
त्यहीनेर उनले आफू गरिब भएका कारण पेरिसको साटो दार्जिलिङ घुमाउन लगेको किस्सा सुनाउँछन्।
‘यो मेरो सबैभन्दा मनपर्ने तस्बिर हो।’ शाहरुख भन्छन,‘म ज्यादै गरिब थिए गौरी मध्यम परिवारकी थिइन्। मैले उनलाई विवाह अगाडि वाचा गरेको थिए कि उनलाई पेरिस घुमाउन लैजान्छु। मैले एक चलचित्र सुटिङको दौरान पेरिस भनेर झुक्याए उनलाई दार्जिलिङ लगे।’
(भिडियो)
















