बारा पर्साका हुरी पिडितहरुलाई एनआरएनए पोर्तुगलको सहयोग

लिस्बन ।

बारा पर्साका हुरी पिडितहरुलाई एनआरएनए पोर्तुगलको सहयोग गरेको छ। एनआरएनए इमर्जेन्सी फण्ड मार्फत संघले ५१ हजार रुपैया सहयोग गरेको अध्यक्ष कुबेर कार्कीले बताउनुभयो।

नेपाल र नेपालीहरुका हरेक सुखदुखमा साथ र सहयोग गर्दै आईरहेको एनआरएनए पोर्तुगलले यसपटक पनि नेपालीहरुको दुखमा सहयोग गरेको हो।

नपालमै पहिलोपटक आएको ठुलो विनासकारी हुरीले ३० जना भन्दा बढीको ज्यान लिएको थियो भने ७ सय भन्दा बढी मान्छे घाइते भएका थिए । हजारौ मान्छेहरु घरवार बिहिन समेत भएका छन् भने अरबौको धनमाल र भौतिक क्षति समेत भएको छ।

एनआरएनएले नेपालमा हुने हरेक विपदका घटनामा एनआरएनए इमर्जेन्सी फण्ड मार्फत सहयोग गर्ने गर्दछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार