ला लिगाकाे ११ औँ स्थानमा रहेको लेगानेससँग ठुलो संघर्षपछि हारबाट जोगियो रियल म्याड्रिड

एजेन्सी ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड १–१ को बराबरीमा रोकिएको छ । जारी सिजनको खराब संक्रमणमा रहेको म्याड्रिड करीम बेन्जेमाको गोलमा हारबाट जोगिएन पुगेको हो ।

पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि पर्याे । ४५ औँ मिनेटमा सिल्भाले गरेको गोल र्फकाउन ५१औं मिनेटमा रियलका करिम बेन्जिमाको योगदान रह्यो ।

खेलभर रियलले लेगानेसलाई दवावमा राखेपनि संघर्षपुर्ण तरिकाले एक गोलमात्रै गर्न सक्यो । यो सिजनमा रियालको ला लिगा उपाधियात्रा निकै कमजोर बनेको छ । ला लिगामा ६ चरणको खेल बाँकी रहँदा रियाल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक, दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि रहेर ६१ अंकसहित तेस्रो स्थानमा छ ।

३२ खेल खेलेको लेगानेस ४१ अंकसहित ११ स्थानमा छ । रियलले निकै पछाडि रहेको टोलीसँग समेत संघर्षपुर्ण हारबाट जोगिनु परेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार