-लुसा

पोर्तुगलको मदेईरामा पर्यटक बस दुर्घटना हुदा २९ को मृत्यु र २८ घाइते भएका छन्।

दुर्घटना हुदा बसमा ५५ जना यात्रु सवार थिए। भिरालो सडकको घुम्तीमा बस चिप्लिएर अनियन्त्रित भई दुर्घटना हुदा एउटा घरमाथि खसेको मेयर फिलिपे सौजाले जनाएका छन्।

मृतक हुनेहरुमा १८ महिला र ११ पुरुष रहेका छन्, जसमध्ये एकको अस्पतालमा उपचारको क्रममा मृत्यु मृत्यु भएको थियो। पोर्तुगलका विदेशमन्त्रि अगुस्तो सन्तोस सिल्भाले मृत्यु भएका सबै जर्मन नागरीक भएको बताएका छन्। दुर्घटनमा घाइते भएका पोर्तुगिज ड्राइभर र स्थानीय टुर गाइडको अस्पतालमा उपचार भईरहेको छ।

पोर्तुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ताले जर्मन चान्सलर एन्जेला मेर्केललाई समबेदना र शोक सन्देश पठाउदै ट्विट गरेका छन्। मदेईराको स्थानीय सरकारले ३ दिन शोक मनाउने घोषणा गरेको छ।
Foi com profundo pesar que tomei conhecimento do trágico acidente na Madeira. A todas as famílias envolvidas transmito, em nome do governo português, as mais sentidas condolências.
— António Costa (@antoniocostapm) 17 April 2019

दुर्घंटनास्थल पोर्तुगलको प्रमुख भुमिबाट करिब ६०० माइल टाढा पर्दछ। सरकारी अधिकारीहरु दुर्घटनाको अनुसन्धान गरिरहेको पोर्तुगिज समाचार संस्था लुसाले जनाएको छ।
















