
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति गम्भीर आक्रोश व्यक्त गरेको छ । महासंघका काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सिभिल अस्पताल मिनभवनमा भएको अनौपचारिक छलफलले सरकारले सुरक्षा दिन नसक्दा यो अवस्था आएको निष्कर्ष समेत निकालेको छ।
महासंघले २४ घण्टा भित्र अपराधी पत्ता नलागे कडा आन्दोलनको कार्यक्रमको घोषणा गर्ने पनि चेतावनी दिएको छ । निर्माण व्यवसायीहरु माथि निरन्तर हुँदै आएको आक्रमणको यो आततायी र निर्ममरुप भएको भन्दै महासंघले अन्य निर्माण व्यवसायीहरु पनि सुरक्षित नरहेको बताएको छ ।
निर्माण व्यवसायीहरुमाथि गुण्डागर्दीमा संलग्न डनहरुले निरन्तर दुःख दिदै आइरहे पनि सरकार उदासिन बनेको आरोप पनि महासंघको छ । निर्माण व्यवसायीहरुले सुरक्षा निकायबाट भरपर्दो सुरक्षा पाउनु पर्ने माग पनि दोहोर्याएका छन् ।
















