एजेन्सी ।

भारत र अष्ट्रेलियाबीच आइतवार ओवल मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट म्याचमा भारतीय कप्तान विराट कोहलीले प्रदर्शन गरेको व्यवहारलाई लिएर सामाजिक संजालमा निकै प्रसंशा गरिएको छ ।
यसपटक उनी माथि गरीएको प्रसंसा खेल मैदानमा बिराटले देखाएको प्रतिद्वन्दीप्रतिको मानवियता र सम्मानको लागि हो । अष्ट्रेलियाका खेलाडी स्टिव स्मिथले फिल्डिङ गरिरहँदा भारतीय दर्शकहरुले स्मिथलाई चिटर अर्थात धोकेबाज भन्दै हुटिङ गरिरहेका थिए ।
त्यतीनै बेला जव बिराटले आफ्ना समर्थकले प्रतिद्वन्दी साथीमाथि गरेको अभद्र ब्यवहार देखे र रोक्न खोजे उनले क्रिजबाटै आफ्ना समर्थकलाई हातले इशारा गरेर स्मिथलाई होच्याउने होइन बरु ताली बजाएर हौसला दिन आगह्र गरे ।
नजिकबाट यो सब देखिरहेका स्मिथले विराटलाई धन्यवाद दिएका छन् । आइसीसीले शेयर गरेको उक्त भिडियो हेरेपछि सामाजिक संजालमा विराट कोहलीको याे व्यवहारकाे निकै प्रसंशा गरिएको छ ।उनलाई एक कुशल खेलाडि मात्र नभएर मानवीय संवेदनशिलता भएको मान्छे भनी तारिफ गरिएको छ । आइसीसी स्वयंले समेत मन पराएर भिडियो शेयर गरेको छ ।
When India fans started getting stuck into @stevesmith49, here's how #ViratKohli responded to them.
And here's the reaction from the Australian!
Absolute class! #SpiritOfCrickethttps://t.co/2gMOtR6lQZ
— ICC (@ICC) 9 June 2019
















