प्रधानमन्त्रीद्वारा फ्रान्सेली समकक्षीसँग भेट : नेपाली वायुसेवामाथिकाे प्रतिबन्ध हटाइदिन आग्रह

काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपबीच भेटवार्ता भएको छ ।

नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमण रहनुभएका प्रधानमन्त्री ओलीले फिलिपसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल गर्नुभएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायत विविध विषयमा छलफल भएको बताइएको छ । साथै प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षी फिलिपसँग आग्रह गर्नुभएकाे जनाइएकाे छ ।

साे भेटमा प्रम ओलीले फ्रान्सेली समकक्षीलाई नेपाल भ्रणको निम्तो समेत दिनुभएको र प्रम फिलिपले आफू उपयुक्त समयमा नेपालको भ्रमण गर्न इच्छुक रहेकाे बताउनुभयाे ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गरेकाे परराष्ट्र मन्त्रालय स्राेतले जनाएकाे छ । स्राेतका अनुसार उक्त संग्रहालयमा नेपालबाट चाेरी भएका दुईवटा मूर्तिसमेत रहेकाे पाइएकाे र नेपाललाई फिर्ता गर्ने संग्रहालयले वचन दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार