सुदुरका जोशीलाई अमेरिकामा अन्तरिक्ष अनुसन्धानमा विद्यावारिधी

धनगढी।

कैलालीको टीकापुरका देवराज जोशीले अमेरिकाबाट अन्तरिक्ष अनुसन्धानमा विद्यावारिधी हासिल गरेका छन् ।

उनलाई मस्साचुुसेट्स राज्यको बस्टन शहरमा विद्यावारिधी उपाधिले विभूषित गरिएको छ । अमेरिकाको प्रमुख सहर बस्टनको एक प्रतिष्ठित विश्वविद्यालय बस्टन कलेजबाट उनले अन्तरिक्ष भौतिकशास्त्रमा ‘अर्टिफिसियल एण्ड नेचुरल डिस्टर्बन्सेज इन द इक्वाटोरियल इओनोस्फर : रिजल्ट फ्रम द एमओएससी एक्सपेरिमेन्ट एण्ड द सी÷एनओएफएस स्याटेलाइट मिसन’ शीर्षकमा शोध गरेका थिए ।

अमेरिकी सैनिकको अनुसन्धान संस्था ‘एयर फोर्स रिसर्च ल्याबोरेटरी’ ले जोशीको शोधपत्र विश्व विख्यात अन्तरिक्ष अनुसन्धान संस्था ‘नासा’ को सहयोगमा प्रक्षेपित उपग्रहले संकलन गरेको डाटाको विश्लेषणमा आधारित रहेको जनाएको छ ।

उनको शोधले अन्तरिक्ष अनुसन्धानको सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । जोशी बुबा नवराज र माता दुर्गादेवीका सुपुत्र हुन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार