धनगढी।

अवसरको खोजीमा संसारको जुन सुकै कुनामा पुगेपनि जन्मभूमि प्रति मनमा कति माया हुन्छ । जन्मभूमिमा विपत्ति वा समस्या आईपर्दा त्यसले कति पीडा हुन्छ रु त्यसको महशुस त्यस्तै कठिन समयमा हुन्छ ।
अमेरिकामा बस्दै आएका सुदूरपश्चिमेलीहरुभित्र पनि आफ्नो जन्मभूमि प्रति कति माया छ । त्यसको महशुस पछिल्लो पटक भएको छ ।
कैलाली र कञ्चनपुरमा जेठ २३ गते आएको भीषण हावाहुरीबाट दुई जनाको मृत्यु भयो । सयभन्दा बढि घाईते भए । झण्डै ८ हजार घरमा आंशिक र दुई हजार तीन सय घर पूर्ण रुपमा क्षति भयो । यो खबर सुनेर मर्माहत भएका उनीहरु चुप लागेर बस्न सकेनन । र कैलाली र कञ्चनपुरमा हावाहुरी पीडितको सहयोगका लागि आर्थिक संकलन शुरु गरे । जसको अगुवाई सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदूर पश्चिम समाज अमेरिकाले ग¥यो । केही दिनमै १ हजार ९ सय ९० डलर ९२ लाख १९ हजार ७ सय १ रुपैया० संकलन भयो । त्यो रकम समाजले हावाहुरीबाट विस्थापित र प्रभावितहरुको घर पुनर्निर्माणमा सहयोग गरिरहेको रोटरी क्लव अफ धनगढीलाई पठाएको छ ।
कैलाली र कञ्चनपुरमा जेठ २३ गते आएको भीषण आँधी हुरीले ठूलो क्षति पु¥याएको खवरले मर्माहत भएका अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले स्वस्र्फुत रुपमा आर्थिक सहयोग संकलन गरी सुदूर पश्चिम समाज अमेरिका मार्फत हावाहुरी पीडितको सहयोगका पठाएका हुन् ।
समाजका तर्फबाट अध्यक्ष गणेश बिष्टले १२५, बरिष्ठ उपाध्यक्ष राम बहादुर देउवा, उपाध्यक्ष दान सिंह बिष्ट,महासचिव जीवन बम, कोषाध्यक्ष नविन ओझा, सचिव रजनी बिष्ट, सदस्य हरी जोशी, रैभान महरा,संगिता बिष्ट, टेक साँउद, बिरेन्द्र अवस्थी, ममता जोशीले १०० र १०० डलर सहयोग गरेका छन् । पुष्प उपाध्यायले १०५ डलर सहयोग गरेका छन् ।
त्यसैगरी भरत अवस्थी र धु्रव चन्द चौधरीले ५५र५५ डलर, भरत खड्का, गोविन्दराज फुलारा, हरिश हमाल,दीपक केसी, रविन्द्र श्रेष्ठ, बिनोद बोहरा, र मकेन्द्र सिंह ले ५०र५० गणेश बिष्ट, पुष्पराज भट्टले ४०र४०, ललित चन्द, निर्दोष बस्यालले ३५र३५ र बिनोद भट्टले २५ डलर सहयोग गरेका छन् ।
पहिलो चरणमा १ हजार ९ सय ९० डलर पठाएको सुदूरपश्चिम समाज अमेरिकाले दोस्रो चरणमा बिभिन्न राज्यमा रहेका सुदूरपश्चिमेलीहरुबाट संकलित रकम पठाईने जनाएको छ ।
समाजका अध्यक्ष बिष्टका अनुसार हावाहुरी पीडितको सहयोगका लागि न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुका तर्फबाट संकलित रकम पठाईएको हो । अन्य राज्यमा रहेकाहरुले पनि रकम संकलन गरिरहेका छन् ।
अमेरिकामा बिभिन्न राज्यमा रहेका साथीहरुले रकम संकलन गरिरहेका छन्, समाजका अध्यक्ष गणेश बिष्टले भने, सबै राज्यबाट संकलित रकम दोस्रो चरणमा पठाउने छौ ।
सन २०१२ मा स्थापना भएको सुदूर पश्चिम समाज अमेरिका अमेरिकामा छरिएर रहेका सुदूर पश्चिमेलीहरुको साझा संस्था हो । समाजले बिदेशमा रहेर सुदूर पश्चिमको कला,संस्कृतिको जगेर्ना र सुदूर पश्चिममा विपत्ति तथा दैवी प्रकोपले क्षति हुदा सहयोग गर्दै आएको छ ।
सुदूर पश्चिम समाज अमेरिकाले पठाएको रकम रोटरी क्लव अफ धनगढीले धनगढी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा सबैभन्दा बढि समस्यामा परेका र आर्थिक अभावमा पुनस्र्थापित हुन नसकेका हावाहुरी पीडितको सहयोगमा खर्च गरिनेछ ।
















