एसइईको नतिजाबाट सन्तुष्ट छु : करिश्मा

काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धरले एसइई परीक्षामा ‘बी प्लस’ ल्याएकी छन् । नतिजा सार्वजनिक भएलगत्तै सनराइज खबरसँग कुरा गर्दे उनले एसइई परीक्षामा ‘बी प्लस’ ल्याएको जानकारी दिइन् ।

उनले ३ जीपीए ल्याएकी हुुन् ।

‘म कुनै ठूूलो विद्यार्थी होइन्, जस्तो सोचेकी थिए त्यस्तै नतिजा आयो, म एकदम सन्तुष्ट छु, मेरा सरहरु पनि खुसी हुनुहुन्छ’ –करिश्माले भनिन् ।

उनले पढाइलाई अगाडी बढाउने पनि बताइन् । ‘अब प्लस टु पढ्छु’ ।

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

उनले विजय स्मारकमा कक्षा सात देखि नै अध्ययन गर्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार