– प्रबिन धिताल , लिस्बन।
पोर्चुगलमा राष्ट्रिय स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारीहरु नेपालीमै प्रकाशित भएको छ। जुन्ता फ्रेग्जिया आरोइसले पहिलोपटक नेपाली बुलेटिन प्रकाशित गरेको छ।

गैह्र आवासिय नेपाली संघको पोर्चुगलका स्थानीय निकायहरुसंगको लामो प्रयासपछि यो सम्भव भएको र यस कार्यले धेरै नेपालीहरु लाभान्वित हुने संघका अध्यक्ष कुबेर कार्कीले बताएका छन्।
पोर्चुगलको राजधानी लिस्बनको आरोइस वडामा ( फ्रेग्जिया ) सबैभन्दा बढी नेपालीहरु बसोबास गर्दछन्। आरोइस वडामा नेपालीहरुको सबैभन्दा बढी जनघनत्व भएतापनि भाषाको अभावले राष्ट्रिय स्वास्थ्यसँग सम्बन्धित विभिन्न इकाईहरुमा नेपालीहरुले निकै समस्या झेल्दै आईरहेका छन्।
कस्तो स्वास्थ्य समस्याका लागि कहाँ जाने, विभिन्न स्वास्थ्य इकाई देखि अस्पतालहरुको जानकारी, स्वास्थ्य इकाईमा कसरी नाम दर्ता गर्नेदेखि लिएर के – कस्ता स्वास्थ्य परामर्श कहाँबाट प्राप्त गर्ने सम्मको जानकारी दिईएको छ।
पोर्चुगलको राष्ट्रिय स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारीहरुको सो बुलेटिनले नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि सेवा र सुविधाहरु प्राप्त गर्न निकै सहयोग पुग्नेछ।
स्वास्थ्य सम्बन्धि बुलेटिन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।
Brochura SNS - Nepaliबुलेटिनमा के – के जानकारी छ, हेर्नुहोस्।






























