गर्लफ्रेन्डको बिषयमा दुई युवाबिच बिबाद हुदा लिस्बनमा गोली चल्यो, एक घाइते

लिस्बन, पोर्चुगल।

लिस्बनमा गोली चल्दा एक जना घाइते भएको खबर छ। प्रेमिकाको बिषयमा दुई युवाविच बिबादभएपछि गोली चलेको र घाइतेको सान फ्रान्सिस्को जेभियर अस्पतालमा उपचार भईरहेको स्थानीय प्रहरीले जनाएको छ।

गोली लागेका ३० बर्षीय युवाको बिवरण प्रहरीले सार्वजनिक गरेको छैन भने गोली हान्ने अर्का ४० बर्षीय युवा अहिले प्रहरी हिरासतमा छन्। घटना गत राति १ बजे अजुदा लिस्बनमा भएको हो।

घाइतेको ढाड र हिपमा गरी २ गोली लागेको जानकारी अस्पताल श्रोतले दिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार