– सुरेश जोशी
लिस्बन, पोर्चुगल ।
पोर्चुगलमा ज्यान गुमाएका नेत्रबहादुर घलेका परिवारलाई पोर्चुगलवासी नेपालीहरुले २५ सय ३३ युरो सहयोग गरेका छन्। रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका घलेको जुन २२ तारिख शनिबारका दिन उपचारको क्रममा निधन भएको थियो।

स्वर्गीय घलेको पार्थीव शरीर नेपाल पठाउनका लागि एनआरएनए पोर्तुगलको पहलमा पोर्चुगलवासी नेपालीहरुबाट ५७ सय ४३ युरो सङ्कलन भएको थियो । मृतक घलेका परिवारको आग्रहमा उनको पार्थीव शरीर नेपाल पठाईएको थियो। स्वर्गीय घलेको पार्थीव शरीर नेपाल पठाउदा ३२ सय १० युरो खर्च भएको र बाँकी रहेको २५ सय ३३ युरो मृतकको परिवारलाई पठाउने जानकारी आज एक बिज्ञप्ती जारी गर्दै संघले दिएको छ।

संघले सहयोग गर्ने सबै संस्था र पोर्चुगलवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ।
















