इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा

काठमाडौं ।

पहिलोपटक विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो ।

४४ वर्षे विश्वकपको इतिहासमा पहिलो पटक उपाधि चुमेको इङ्ल्यान्डको १ सय २५ अंक छ । सेमिफाइनलबाट बाहिरिएको भारत १ सय २२ अंकसहित दोस्रो स्थानमा रहँदा उपविजेता न्यूजिल्यान्ड १ सय १२ अंकसहित तेस्रो स्थानमा छ । सेमिफाइनलबाट घर फर्किएको अर्को टोली अस्टे«लिया १ सय ११ अंकसहित चौथो स्थानमा रहँदा दक्षिण अफ्रिका १ सय १० अंकसहित पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार