ललित स्मृति यू–१८ को उपाधि ब्रिगेड ब्वाइजलाई

काठमाडौँ।

बिरजेश चौधरीको निर्णायक गोलमा ब्रिगेड ब्वाइज क्लबले आइतबार विभागीय टोली नेपाल पुसिल क्लबलाई १–० ले पराजित गर्दै ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिरजेशले २३औं मिनेटमा गरेको गोल ब्रिगेड ब्वाइजलाई उपाधि जिताउन निर्णायक बन्यो। बिरजेश प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी बने। उनले प्रतियोगितामा ८ गोल गरे।

जितसँगै ब्रिगेड ब्वाइजले ३ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता पुलिस क्बलले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो।

पुलिस क्लबले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो भने ब्रिगेड ब्वाइजले मनाङ मस्स्र्याङ्दी क्लबलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार