कीर्तिमानी बेलायती हक्की खेलाडी नेपालमा सम्मानित !

काठमाडौं।

हाइ अल्टिच्युडमा हक्की खेलेर विश्व कीर्तिमान बनाएका बेलायती हक्की खेलाडीलाई आइतबार ‘नेपाल भ्रमण वर्ष २०२०’को सचिवालयले सम्मान गरेको छ।

एन्डी होल्लीडेको नेतृत्वमा आएका बेलायतका हक्की खेलाडीहरूले नेपालको ५ हजार १९ मिटरको उचाइमा हक्की खेलेर विश्वकीर्तिमान बनाएको बताइएको छ। मुस्ताङको बाराजुङ गाविस (थ्रोङ्ला पासको फेदी)मा खेल्नका लागि नेपालमा संयोजन गरिरहेका नरबहादुर गौतमले ५ हजार २२ मिटरको अल्टिच्युडमा खेलेको बताएका थिए। तर आइतबार सम्मान कार्यक्रममा होल्लीडेले हक्की ५ हजार १९ मिटरमा खेलेको बताए।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले यसबाट नेपालमा हाइ अल्टिच्युड खेलको सम्भावना छ भन्ने पुष्टि भएको बताए। वैद्यले विगत १५ वर्षमा धेरै परिवर्तन भएको भन्दै नेपालका लागि २०२० महत्वपूर्ण भएको बताए। कार्यक्रममा होल्लीडेलाई नेपाल हक्की संघका उमेशलाल प्रधानलाई हक्की स्टिक उपहार दिएका थिए।

लिङ्कन मिनिस्टर स्कुल र हक्की टोलीबीच गत मंगलबार खेल भएको थियो। अहिलेसम्म ५ हजार मिटरभन्दा माथिको उचाइमा हक्की खेलिएको थिएन। हिरोज फर हक्की टिमबाट बेलायती फिल्ड हक्कीका राष्ट्रिय खेलाडीले पनि खेलेका थिए।

बेलायती टोलीले पोखरा र जोमसोममा मैत्रीपूर्ण खेल खेलेका थिए। स्थानीय विद्यलयका विद्यार्थीसँग खेल्नुका सथौ हक्कीसम्बन्धी जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार