किराँत याक्थुङ चुम्लुङ पोर्चुगलले सिसेक्पा तङ्नाम मनायो !

लिस्बन ।

किराँत याक्थुङ चुम्लुङ पोर्चुगलले सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) मनाएका छन्। राजधानी पोर्चुगलमा आयोजित एक कार्यक्रममा ढोल बजाउदै पोर्चुगलमा रहेका किराँतहरुले सो पर्व मनाएका हुन्।

किराँतहरुको मौलिक सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पोर्तुगलमा किराँतहरुले एकआपसमा शुभकामना आदानप्रदान गरे। सो कार्यक्रममा साँस्कृतिक प्रस्तुतीका मनोरन्जनका साथै पाहुनाहरुलाई किराँती संस्कृतिका खानपिन सेलरोटी, अचार, छ्याङ आदिको भोजनले स्वागत गरिएको थियो ।

किराँत याक्थुङ चुम्लुङ पोर्चुगलकी अध्यक्ष दीपा लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव रुक्मान केरुङ लिम्बुले सिसेक्पा तङ्नामबारे जानकारी दिएका थिए |

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार