सन्नी लियाेनीले छाेरासँगकाे तस्वीर सार्वजनिक गरेपछि एकाएक भाइरल बन्याे

काठमाडाैं

पूर्वपोर्नस्टार एवम् बडिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो छोरासहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि चर्चा चुलिएको छ । इन्टरनेटमा अहिले उनको बच्चालाई ‘नव प्रवेशी’का रूपमा लिइएको छ । यसअघि नै चर्चित भइसकेका करीना कपूर र सैफ अलि खानका छोरा तैमुर अलिखानसँग लियोनीका छोरा एशेरलाई तुलना गर्न थालेका छन् ।

खान दम्पती डेटमा गएका बेला खिचिएका तैमुरका तस्बिरहरू इन्टरनेटमा धेरै रुचाइएका बच्चाहरूकामध्येका एक हुन् । साहरुख खानका छोरा अबराम खान पनि इन्टरनेटमा निकै चर्चित भए । इन्टरनेटका यी दुई ‘लिटिल स्टार’ बच्चाहरुलाई भविष्यका बलिउड स्टारका रुपमा पनि लिन थालिएको छ ।

पहेलो ड्रेसमा सजिएर छोराको साथमा तस्विर सार्वजनिक गरेपछि लियोनीलाई केही प्रश्नको सामना गर्नुप¥यो । उनको छोरा एशेरलाई तैमुरसँग तुलना गरेर भन्न थालियो कि, ‘यी दुई बच्चाबीच के सम्बन्ध छ र, किन समानता छ ?’

खासगरी इन्टरनेट प्रयोगकर्ताले दुई बच्चाहरूलाई ‘गोलु’ भनेर समानताको तुलना गरेका छन् । हालै एउटा अन्तर्वार्तामा लियानीले भनेकी छिन् ‘सोसल मिडियाले त्यही गर्छ जो, तिनीहरू चाहन्छन्, मेरो विचारमा तैमुर पनि निकै प्यारो बच्चा हो, एशेर पनि निकै मनमोहक छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार