काठमाडौं: नेपाल आइडल रियालीटी शोको चर्चा अहिले सकिसकेको छ। तर एक नेपाली युवाले चिनियाँ रियालिटी शोमा भाग लिएर फेरि चर्चामा आएका छन्।सन्देश सिंह देउजाले चिनियाँ रियालिटी शोमा भाग लिएर नेपाली पोशाकमा गीत गाएपछि उनको चर्चा चुलिएको हो।
उनले चिनियाँ भाषामा गाएको गीत युट्युब भिडियोमा चर्चित भइरहेको छ। सन्देशले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र शीरमा ढाका टोपी लगाएका छन् भने निधारमा चन्दनको टीका समेत लगाएर मञ्चमा प्रस्तुत भएका छन्।
यसका साथै उनले उद्घोषक र निर्णायक मण्डलमा बसेका जजहरुसँग चिनियाँ भाषामै कुराकानी गरेका छन्। चिनियाँ टेलिभिजनबाट प्रसारण हुने गीत गाउने रियालिटी शोमा नेपालीले सम्भवत: यो पहिलो पटक हो।
















